logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनिस टेनिस स्टार नाडाल युएस ओपनको दोस्रो चरणमा


अंकुरण खबर
2.574K
Shares

स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार बिहान भएको पहिलो चरणको खेलमा अष्ट्रेलिया खेलाडी जोन मिलम्यानलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

दोस्रो वरियताका नाडालले मिलम्यानलाई ३-० को सोझो सेटमा पराजित गरे । नाडालले मिलम्यानमाथि ६-३, ६-२ र ६-२ को जित निकाले । महिलातर्फ शीर्ष वरियताकी जापानी नाओमी ओसाकाले अन्ना ब्लिनकोभालाई ६-४, ६-७ ९५-७० र ६-२ को सेटमा हराएर दोस्रो चरणको यात्रा तय गरिन् ।

महिलातर्फ नै चौंथो वरियता प्राप्त रोमानियाकी सिमोना हालेपले पनि संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेकी छिन् ।