logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश


अंकुरण खबर
2.067K
Shares

काठमाडौं –  पाँच पटकका च्याम्पियन रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन ।

विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई ३–१ एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । स्विस खेलाडी फेडररले दामीरलाई ३–६, ६–२, ६–३, र ६–४ को सेटमा हराए ।

त्यसो त उनले दामीरको पहिलो सेटको अग्रलाई उल्ट्याएका थिए । उनले पहिलो सेटमा १७ अनफोर्स इरोर गर्दै तीन छ ले गुमाए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका उनले ६–२, ६–३ र ६–४ ले जित्न सफल भए ।

उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीविचको विजेतासँग खेल्नेछन ।