विश्व नम्बर दुई राफायल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।
आज बिहान भएको खेलमा २२ औँ बरियताका क्रोएसियाका खेलाडी मरिन सिलिचलाई पराजित गरेर गर्दै उनले अन्तिम आठमा स्थान बनाएका हुन् ।
उनले सन २०१४ का च्याम्पियन सिलिचलाई ६ – ३ , ३ – ६ , ६ – १ र ६ – २ को सेटमा पराजित गरेका हुन । अन्तिम आठमा नाडालले २० औँ बरियाका अर्जेन्टिनी खेलाडी डिएगो स्वार्ट्जम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।
नाडालले अहिलेसम्म अठार वटा ग्राण्डस्लाम जितिसकेका छन् ।