स्पेनी लिग ला लिगाअअन्तर्गत बुधबार मध्यराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । विजयी भएसँग रियल लिगको शीर्षक स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा रियलले ओसासुनामाथि २–० को नतिजा निकालेको हो । रियलका लागि पहिलो गोल भिन्सियस जुनियरले गरेका हुन् । उनले ३६औं मिनेटमा टोलीका लागि अग्रता गोल गरेका हुन् । पहिलो हाफमा १–० ले अगाडि रहेको रियलले दोस्रो हाफमा थप गोल गरेको हो ।
खेलको ७२औं मिनेटमा रोड्रिगोले टोलीका लागि दोस्रो गोल गरेका हुन् । रियलले ६ खेल खेल्दै १४ अंक जोडेको छ । लिगमा रियलको अपराजित यात्रा कायम छ । उसले चार खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको १३ अंक छ ।
तेस्रो स्थानको एट्लेटिको बिल्बाओले १२ अंक जोडेको छ । चौथो स्थानको ग्रानडा र पाँचौं स्थानको बार्सिलोनाले समान १० अंक जोडेका छन् ।