अस्ट्रेलिया क्रिकेटले आफ्नो महिला तथा पुरुष दुवै टिमका लागि विश्वकप टी–२० को पुरस्कार राशि बराबर गरेको छ ।
अर्थात् अब आगामी वर्ष हुने विश्वकप टी–२० मा अस्ट्रेलियाका पुरुष वा महिला जुन टिमले जिते पनि दुवैलाई बराबरी पुरस्कार राशि प्राप्त हुनेछ । अर्थात् विजेता टोलीले करिब १८ करोड रुपैयाँ प्राप्त गर्नेछ । यस प्रकारको पुरस्कार घोषणा गर्ने क्रिकेट दुनियाँमा अस्ट्रेलिया पहिलो देश बनेको छ ।
अहिलेसम्म महिला टोलीले प्राप्त गर्ने राशि पुरुषको भन्दा कम थियो । इन्टरनेसनल क्रिकेट काउन्सिल ९आइसिसी० ले सोमबार महिला विश्वकप टी–२० को पुरस्कार राशिमा वृद्धि गरेको छ । यसपछि महिला टी–२० च्याम्पियन हुने टोलीले साढे ११ करोड रुपैयाँ पुगेको थियो । तर पनि यो राशि पुरुष टी–२० च्याम्पियन टिमले पाउने राशिभन्दा कम थियो ।
यही अवस्थामा क्रिकेट अस्ट्रेलियाले मंगलबार यदि अस्ट्रेलियाको महिला टिम टी–२० च्याम्पियन बनेको खण्डमा आफ्नो तर्फबाट साढे पाँच करोड रुपयाँ दिने घोषणा गरेको छ । यो राशि पुरष च्याम्पियन टिमले प्राप्त गर्ने राशिको बराबरी हो । एजेन्सी