logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूजिल्याण्डमाथि भारतको कीर्तिमानी जित


अंकुरण खबर
923
Shares

भारतले न्यूजिल्याण्ड विरुद्धको पहिलो टी २० खेल ६ विकेटले जितेको छ। अकल्याण्डमा घरेलु टोलीले दिएको २०४ रनको लक्ष्य भारतले ४ विकेट गुमाउँदै १९ ओभरमा पुरा गर्‍यो।

भारतले न्यूजिल्याण्डविरुद्ध टी २० खेलमा अहिलेसम्मकै उच्च स्कोरको रन चेज गरेको हो। भारतले टी २० क्रिकेटमा न्यूजिल्याण्डलाई यति उच्च स्कोर चेज गर्दै हराएको थिए।

भारतको जितमा म्यान अफ दि म्याच श्रेयस ऐयरले सर्वाधिक ५८ रन बटुले। टस जितेर भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रनको स्कोर खडा गरेको थियो। उसका लागि उसका लागि कोलिन मुन्रो, केन विलियम्सन र टिम सिफर्टले अर्धशतक प्रहार गरे।

बलिङतर्फ भारतका जसप्रित बुम्राह, शार्दुल ठाकुर, युजवेन्द्र चाहल, शिवम दुवे र रविन्द्र जडेजाले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा भारतका ऐयरका अतिरिक्त लोकेश राहुलले ५६ र कप्तान बिराट कोहलीले ४५ रन बनाए। भारतका ऐयर र मनिस पाण्डे नट आउट रहे।

न्युजिल्याण्डको तर्फबाट इस सोधीले दुई तथा ब्लेइर टिक्नर र मिचेल सान्टनरले समान १/१ विकेट लिए। जितसँगै भारतले ५ म्याचको श्रृङ्खलामा १-० को अग्रता कायम गरेको छ। एजेन्सी