अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गर्दै साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा आज बिहान भएको प्रि– क्वाटरफाइनलमा डिएगोलाई ६–३, ६–४ र ६–४ ले पराजित गर्दै सर्बियन जोकोभिक क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
जोकोभिक ११ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेका हुन् । अब जोकोभिकले क्वाटरफाइनलमा मिलोस राओनिकसँग प्रतिस्पर्धा गर्ने छन् ।
राओनिकले मारिन सिलिकलाई ६–४, ६–३ र ७–५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।