रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा रियल जारागोजामाथि ४–० को सहज जित निकाल्दै मड्रिडले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मड्रिडका लागि राफेल भरानो, लुकास भाजक्वेज, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा भरानोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा भाजक्वेजले गोल गर्दै मड्रिडलाई २–० ले अघि बढाए । ७२ औं मिनेटमा भिनिसियसले गोल गर्दै मड्रिडलाई ३–० ले अघि बढाए ।
यस्तै, ८० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बेन्जिमाले गोल गर्दै मड्रिडलाई ४–० को जित दिलाए ।