logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानचेस्टर युनाइडेटसँग घरेलु मैदानमै चेल्सी पराजित


अंकुरण खबर
1.443K
Shares

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग चेल्सी घरेलु मैदानमै पराजित भएको छ ।

सोमबार राति सकिएको खेलमा युनाइटेडसँग चेल्सी २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफको अन्तिमतिर युनाइटेडले अग्रता लिएको थियो । एन्थोनीले ४५औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६६औं मिनेटमा फेरि युनाइटेडका लागि ह्यारीले गोल गर्दै अग्रता दोब्बर बनाए । चेल्सीले दुई पटक नै गरेको गोललाई मान्यता नदिइए पछि घरेलु मैदानमै हार बेहार्न पुग्यो ।

२६ खेलबाट ४१ अंक जोडेको चेल्सी चौथों स्थानमा छ भने समान खेलबाट ३८ अंक जोडेको युनाइटेड सातौं स्थानमा छ । लिड लिडर लिभरपुलले भने अग्रता फराकिलो बनाउँदै अगाडि बढेको छ । अपराजित लिभरपुलले २६ खेलबाट ७६ अंक जोडिसकेको छ ।