logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाकै कारण युभेनटस र एसी मिलानबीचको खेल स्थगित


अंकुरण खबर
1.274K
Shares

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित भएको छ।

युभेन्टस र एसी मिलानबीच बुधबार तुरिनमा हुने भनिएको इटालियन कपको सेमिफाइनल अन्तर्गतको दोश्रो लेगको खेल सम्भावित कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै स्थगित गरिएको हो।

युरोपमा कोरोनाभाइरसका कारण इटाली सबैभन्दा बढी प्रभावित बनेको छ। पछिल्लो तथ्यांक अनुसार बितेका २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण २७ जनाको ज्यान गएको छ।

योसँगै त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या ७९ पुगेको छ।