रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा लियोनल मेस्सीले निर्णायक गोल गरेपछि बार्साले सोसिडाडलाई १–० ले हरायो । खेलको ८१ औ मिनेटमा पाएको पेनाल्टी अवसरमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगे बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ५६ अंक छ । रियाल मड्रिडले आज राति रियाल बेटिससँग खेल्नेछ ।