कोरोना भाइरसको संक्रमणका बीच फुटबल स्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइमा बसेका छन्।
उनी आवद्ध जुभन्टसले रोनाल्डो पोर्चुगल स्थित आफ्नै घरमा रहेको जनाएको छ। एउटै टिममा आवद्ध खेलाडी डानिएल रुगानीलाई कोरोना भाइरस संक्रमण भएपछि रोनाल्डो क्वारेन्टाइनमा बसेका हुन।
कोरोना भाइरस सकारात्मक देखिएका रुगानीलाई आइसोलेसनमा राखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
पोर्चुगेली स्टार रोनाल्डो आफ्नी बिरामी रहेकी आमालाई भेटन माृतभूमिमा फर्केको समेत बताइएको छ। गत आइतबार भएको खेलमा रोनाल्डो रुगानीसँगै देखिन्छन्।