logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेरेना युएस ओपन टेनिसको अन्तिम १६ मा


अंकुरण खबर
2.184K
Shares

सेरेना विलियम्स युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छन् ।

नेपाली समय अनुसार आइतबार बिहान सकिएको खेलमा अर्की अमेरिकी खेलाडी स्लोन स्टिफन्सलाई पराजित गरेर प्रि क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।

तेस्रो बरियताकी विलियम्सले २६ औँ बरियताकी स्लोनलाई २–६, ६–२ र ६–२ को सेटमा पराजित गरेकी हुन् ।

कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड स्लाम उपाधिको खोजीमा रहेकी विलियम्सले अन्तिम १६ मा १५ औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीको सामना गर्ने छिन् । एजेन्सी