logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित


अंकुरण खबर
611
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको छ ।

गएराति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

साउथह्याम्पटनका लागि ड्यानी इङ्सले निर्णायक गोल गरे । हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । शिर्ष स्थानको लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ । साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । उसको १७ खेलबाट २९ अंक भएको छ । एजेन्सी