logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेस्रो टेष्टका लागि भारतीय टिम घोषणा


अंकुरण खबर
806
Shares

अस्ट्रेलिया विरुद्धको तेस्रो टेष्टका लागि भारतीय टोली घोषणा भएको छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्।

यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलो पटक टेष्टको प्लेइङ ११ मा स्थान बनाएका हुन् ।

यस्तै रोहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर मायांक अग्रवालको स्थानमा ओपनिङ गर्नेछन् । कप्तान अजिन्का रहानेले राहितले ओपनिङ गर्ने बताएका हुन् ।

भारतको प्लेइङ सेटमा रहेका अन्य खेलाडीमा शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।

भारत र अस्ट्रेलिया बीचको तेसो टेष्ट बुधबार सिड्नीमा सुरु हुँदैछ । चार खेलको सिरिजमा दुवै टिमले १(१ खेल जितेका छन् ।