logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्ला सय खेलमा रोनाल्डो, मेस्सी र नेयमारको संयोग


अंकुरण खबर
1.82K
Shares

पछिल्ला सय खेलमा बार्सिलानाका स्ट्राइकर लियोनेल मेस्सी, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका फरवार्ड नेयमार जुनियरले समान गोल गरेका छन्।

विश्व फुटबलको केन्द्रमा रहेका यीं तीन खेलाडीले समान ८१–८१ क्लब गोल गरेका हुन्। विश्व स्टार तीन खेलाडीले समान गोल गर्नु फुटबलमा संयोग पनि हो।

उनीहरू विश्वका छुट्टाछुट्टै तीन लिगका खेलाडी हुन्। रोनाल्डो इटालीको शीर्ष लिग सिरी–एमा खेल्छन् भने मेस्सी स्पेनिस लिग बार्सिलोनामा आवद्ध छन्।

त्यस्तै, नेयमारले २०१७ यता फ्रेन्च लिग १ मा खेलिरहेका छन्।

मेस्सी र रोनाल्डोको फुटबल करिअरको उत्तरार्धमा छन् भने नेयमार अझैसम्म जीवनको उत्कृष्ट समय विताइरहेका छन्।

उनीहरूले समान गोल गरे पनि फरक संख्यामा एसिस्ट गरेका छन्। धेरै एसिस्ट गर्नेमा मेस्सी छन्। उनले बार्सिलोनाबाट ५१ एसिस्ट गरेका छन्।

त्यस्तै, नेयमारले सय खेलमा ४६ गोल गर्दा रोनाल्डोले १४ एसिस्ट गरेका छन्।