logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चेल्सीले गर्यो मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त


अंकुरण खबर
702
Shares

प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।

चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो । इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड १८ महिनापछि नै बर्खास्तमा परेका हुन् । क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो ।

यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ । चेल्सीले गत वर्षको असारमा लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ४२ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीको बसाई बिट मार्दै लण्डन क्लब आएका थिए ।