logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने क्रिस मरिस


अंकुरण खबर
1.846K
Shares

भारतको टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीको अक्सन सुरु भएको छ । चेन्नईमा चलिरहेको यसपालिको अक्सनमा ६१ खेलाडी छानिएका छन् ।

आज (बिहीबार) भएको अक्सनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा लिएको हो । यो आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो अनुबन्ध हो ।

मोरिसले युवराज सिंहको रेकर्ड तोडेका छन् । युवराज यसअघि १६ करोडमा बिक्रि भएका थिए ।

उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगो साबित भए । उनलाई रोयल च्यालेन्जर्स बेङ्गलोरले १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको हो ।

यो संस्करणको अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरको नाम आएको थियो तर उनलाई कुनै टिमले अनुबन्ध गरेन । एजेन्सी