१६ औं संस्करणको यूरो कप फुटबल अन्तर्गत आज आइतबार विभिन्न तीन खेलहरु हुँदैछन् ।
यूरो कपमा आज समूह सीका दुई खेलहरु तथा समूह डीको एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह डीमा रहेको इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजेदेखि प्रारम्भ हुनेछ ।
आज दुबै टिम जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई यो पटक उपाधिको दाबेदार मानिएको छ । त्यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ ।
समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजेदेखि प्रारम्भ हुनेछ ।
आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । समूह सीको नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।
दुई टिमबीचको खेल राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ । एजेन्सी