logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोकियो ओलम्पिक : चीन शीर्ष स्थानमा कायमै


अंकुरण खबर
1.82K
Shares

जापानमा जारी टोकियो ओलम्पिकमा चीन पदक तालिकाको शीर्ष स्थानमै रहेको छ।

अहिलेसम्म चीनले ३४ स्वर्णसहित कुल ७४ पदक जितेको छ। यसमा २४ रजत र १६ कास्य पदक पनि छन्।

दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्यसहित कुल ९१ पदक जितेको छ। आयोजक जापान कुल ४६ पदकसहित तेस्रो स्थानमा छ। उसले २२ स्वर्ण, १० रजत र १४ कास्य पदक हात पारेको छ।

चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, पाँच रजत र १९ कास्यसहित ४१ र पाँचौ स्थानको रुसी ओलम्पिक कमिटीले १६ स्वर्ण, २२ रजत र २० कास्यसहित कुल ५८ पदक जितेका छन्।

वेलायत, जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्ड्स क्रमशः छैठौंदेखि दशौं स्थानमा छन्। हालसम्म कुल ६३ देशले स्वर्णपदक जितेका छन् भने कुनै न कुनै पदक जित्नै देशको संख्या ८८ पुगेको छ।