logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेस्सी फुटबल खेल्दैन थिए, मात्र अरुले खेलेको हेर्थे, यसरी पहिचान भए…


अंकुरण खबर
1.313K
Shares

मेस्सी अहिले विश्वकै एक उत्कृष्ट खेलाडी हुन्। उनले ६ पटक बालुन डि’ओर अवार्ड जितिसकेका छन्। उनले खेल मैदानमा गरेका हरेक जादुले हामीलाई मन्त्रमुग्ध बनाएको छ। तर संयोगले मेस्सीको फुटबल कौशल पहिचान भएको विषयमा भने प्राय धेरै कम जानकार होलान्।

मेस्सीले सानैदेखि कसैसँग खुल्दैन थिए। उनी अन्तर्मुखी थिए, लजाउँथे। अहिलेपनि उनको त्यो अन्तर्मुखीपन हामी प्रस्ट देख्नसक्छौं। जसका कारण मेस्सीको आमा–बुबालाई उनले फुटबल खेल्छन् भन्ने कहिल्यै पत्यार नै लागेको थिएन।

तर धन्यवाद भन्नैपर्छ ग्रान्डोली फुटबल क्लबका पूर्व प्रशिक्षक साल्भाडोर आपारिसियोलाई जसले विश्वकै एक उत्कृष्ट फुटबलर मेस्सी पहिचान गरे। र जब मेस्सीले फुटबल खेल्न थाले बाँकी सबै इतिहासको पानामा सुनौलो अक्षरले लेखिएका छन्।

साल्भाडोरको सन् २००८ मा मृत्यु भएको थियो। उनले मृत्यु अगाडि एक अन्तर्वार्तामा मेस्सी कसरी पहिचान भए भनेर खुलाएका थिए। मेस्सीको सम्झना गर्दै साल्भाडोर आपारिसियोः

Newell's Old Boys, Klub yang Dicinta dan Meroketkan Nama Messi : Okezone Bola

आपारिसियो ग्रान्डोली फुटबल क्लबमा साना बच्चाहरुलाई फुटबल सिकाउँथे। मेस्सी ५ वर्षका थिए जब उनी आफ्नो दाईको खेल हेर्न आमा र हजुर आमासँग खेल मैदान आएका थिए।

‘मेस्सी र उनका परिवार एकपटक फुटबल हेर्न मैदानमा आएका थिए। मेस्सीको दाईले यहाँ खेल प्रशिक्षण लिएका लिन्थे। खेल सुरु गर्नुपर्ने थियो तर एक खेलाडीको कमी थियो। त्यसबेला मेस्सी उभिएर खेल हेरिरहेका थिए। हामीले सुरुमा खेलाडीलाई पर्खियौं तर उनी नआएपछि मैले मेस्सीको आमालाई मेस्सीलाई मैदानमा केही बेर ल्याउन आग्रह गरे। उनी साह्रै साना थिए, धेरै साना। उनले आफ्नो नाम पनि राम्रोसँग भन्न सक्दैन थिए।’ आपारिसियो ग्रान्डोलीले अन्तर्वार्तामा भनेका छन्,‘उनकी आमाले मेस्सीले कहिल्यै फुटबल खेलेकै छैन, उसले खेल्नै सक्दैन भनेका थिए। मैले केही फरक पर्दैन, उनले केही गर्नुपर्दैन भनेको थिए। त्यसपछि मेस्सीकी हजुरआमाले खेल्न देउ न त भनेपछि मेस्सी मैदान आएका थिए।’

‘जब पहिलोपटक बल उनको छेउमा आयो उनी अलमल्लमा परेका थिए र बललाई छाडिदिए। त्यसपछि अर्कोपटक बल आउँदा उनले बललाई देब्रे खुट्टाले हिर्काए, बललाई नियन्त्रणमा लिन थाले र मैदानभर दौडन थाले।’ उनी भन्छन्,‘मेस्सीले अगाडि आएजति सबैलाई छक्काए। मैले उनलाई बललाई ‘सुट गर, सुट गर’ भनेको थिए। तर उनी बललाई गोलपोस्टमा हान्नका लागि सामर्थ्य राख्दैन थिए। किनभने उनी साना थिए। त्यसपछि उनी त्यही दिनदेखि मेरो टोलीमा परेका थिए।’

मेस्सीले केही समयमै अलि ठूलो टोलीबाट बल खेल्न थालेका थिए। सन् १९९५ मा उनी न्युवेल्स ओल्ड ब्वाइज क्लबमा आवद्ध भएका थिए। त्यसबेला उनी ८ वर्षका थिए। ‘मलाई त्यसबेला नै लागेको थियो मेस्सीले फुटबल खेलेर केही गर्नेछन्’ उनी भन्छन्,‘मेस्सीले हरेक खेलमा ६ देखि ७ गोल गर्थे। मेस्सीको खेल अलौकिक थियो। उनी सबैलाई ड्रिब्लिङ गर्दथे।’

उनले अन्तर्वार्ताका क्रममा मेस्सीको खेल सानो बेलामा र अहिले उस्तै–उस्तै रहेको बताएका थिए। उनले अन्तर्वार्ता दिइरहँदा मेस्सी बार्सिलोना फुटबल क्लबबाट खेलिरहेका थिए।

जब मेस्सीले संसारकै उत्कृष्ट फुटबल क्लब बार्सिलोनाबाट खेलेको थाहा भयो उनी भावुक बनेका थिए। उनले अन्तर्वार्तामा भनेका छन्,‘म अहिले पनि भावुक हुन्छ जब मेस्सीबारे सम्झन्छु।’ मेस्सीले सन् २००६–२००७ को सिजनमा बार्सिलोनाबाट गेटाफेविरुद्ध गरेको एक गोल त्यो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको गोलजस्तै थियो।

तर मेस्सीको पहिलो प्रशिक्षक साल्भाडोर आपारिसियोले भनेका थिए,‘मेस्सीले म्याराडोनाभन्दा राम्रो गोल गरेका थिए। उनी मेरा विशेष खेलाडी हुन् म उनीदेखि गर्व गर्छु।’ ट्रिबुना डटकमको सहयोगमा