सिरिएको पहिलो खेलमा युभेन्टसले बराबरी खेलेको छ।
आइतबार राति भएको खेलमा युभेन्टस उडिनेससँग निराशाजनक रुपमा २-२ को बराबरीमा रोकिएको हो। युभेन्टसले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो।
रोड्रिगो बेन्टानकुरको पासमा गोल गर्दै पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए। २३औं मिनेटमा क्वाडराडोलो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। उनले डिबालाको पासमा गोल गरेका थिए।
तर, सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा युभेन्टस अंक बाँड्न बाध्य भयो। ५०औं मिनेटमा पेरेय्राले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। युभेन्टसका किपर सेजेनीले उडिनेसका खेलाडीलाई डिबक्सका लडाएपछि उसले पेनाल्टी पाएको थियो।
८३औं मिनेटमा डेउलोफेउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
युभेन्टसले लिगको सुरुआती खेलमा २ गोल बेहोरेको यो इतिहासमै तेस्रो पटक हो। यसअघि सन् १९९८ मा पेरुगिया र सन् २०१८मा चिइभोसँग युभेन्टसले लिगको पहिलो खेलमा २ गोल खाएको थियो।