logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेक्स टेप काण्डमा फुटबल स्टार बेन्जेमालाई एक वर्षको जेल सजाय


अंकुरण खबर
884
Shares

फ्रान्स तथा रियल मड्रिडका स्टार फुटबलर करिम बेन्जेमालाई ‘सेक्स टेप काण्ड’मा दोषी ठहर गरिएको छ।

फ्रान्स राष्ट्रिय टोलीका आफ्ना पूर्व सहकर्मी म्याथ्यु भालबुईनाको सेक्स भिडिओलाई सार्वजनिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा बेन्जेमा दोषी पाइएका हुन्।

रकम नदिए भिडिओ सार्वजनिक गर्दिनेभन्दै बेन्जेमाले ब्ल्याकमेल गरेको भर्सेली अदालतको भनाइ छ।

अदालतले ७५ हजार युरो जरिवाना तिर्न भनेको छ। यदी बेन्जेमाले जरिवाना तिरेनन् भने उनलाई एक वर्षको जेल सजाय हुनसक्छ।

यसअघि बेन्जेमामाथि यही विषयमा आरोप लाग्दा उनलाई फ्रान्सको राष्ट्रिय टोलीबाट हटाइएको थियो। मार्का