logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा


अंकुरण खबर
975
Shares

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शुक्रबार राति कोमोरोसलाई २- ० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो ।

१६ औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।  दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ ।

अन्य खेलमा  गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेको छ ।

एजेन्सी