logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आक्रामक सुरुआतसँगै उपाधि रक्षामा अग्रसर ओशाका


अंकुरण खबर
585
Shares

जापानी टेनिस स्टार नोआमी ओशाकाले वर्षको सुरुआतमा हुने अष्ट्रेलियन ओपनमा सानदार सुरुआत गरेकी छन्।

आजबाट सुरु भएको पहिलो चरणमा उनले जित निकाल्दै अष्ट्रेलियन ओपनमा सानदार सुरुआत गरेकी हुन्।

साविक विजेतासमेत रहेकी ओशाकाले पहिलो खेलमा कोलम्बियन खेलाडी कमिला आसोरियोलाई मेलबर्नमा सहजै हराएकी हुन्। २०१९ कोसेत च्याम्पियन रहेकी ओसाकाले विश्व नम्बर ५० आसोरियोविरुद्ध सुरुमै ५–० को लिड बनाएकी थिइन्। आफ्नो वर्चश्व कायम गर्दै ६–३ र ६–३ को जित निकालिन्।

आफ्नो मानसिक स्वास्थ्यलाई बचाउन चार महिना ब्रेक लिएकी ओशाका ग्राण्डस्लामको एक्समा उत्रिएकी हुन्। ‘मलाई लाग्छ मैले यो परिवेशमा राम्रो खेलिरहेको छु,’ मेलवर्नमा २४ मध्ये २३ खेलमा जित निकालेकी ओशाकाले भनिन्, ‘समग्रमा सबै समर्थकलाई यहाँ देख्न पाउँदा म धेरै खुसी छु।’ एजेन्सी