logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो


अंकुरण खबर
1.222K
Shares

इंग्लिस क्लब लिभरपुलले क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ ।

टोटनह्यामविरुद्धको खेलमा एक–शून्यको जित निकालेको लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो । जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाइको अन्त्य गर्ने लक्ष्य राखेको छ ।

युरोपियन च्याम्पियन क्लब लिभरपुलले टोटनह्यामविरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए ।

मुख्य स्ट्राइकर हेरी केन बिना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुलविरुद्ध ‘कमब्याक’ गर्न सकेन र पराजित भयो । यो जितसँगै लिभरपुलको २१ खेलमा ६१ अङ्क भएको छ । लिभरपुलको लक्ष्य लिगमा ३८ खेलमा एक सय चार अङ्कको रेकर्ड पार गर्ने रहेको छ ।

खेलपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले कीर्तिमान आफ्ना लागि कुनै महत्वपूर्ण नभएको प्रतिक्रिया दिए ।