logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग पराजित


अंकुरण खबर
1.352K
Shares

स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ।

४८औं मिनेटमा बार्सिलोनाका अल्बाले आत्मघाती गोल गरेका थिए। घरेलु मैदानमा उपहार झैं पाएको यो गोलसँगै अग्रता लिएको भ्यालेन्सियाले पुन ७७ औं मिनेटमा बार्साको पोष्टमा अर्को गोल गर्‍यो।

म्याक्सी गोमेजले थपेको गोल नै खेलको अन्तिम गोल बन्यो। बार्सिलोनाको यो हार हालै नियुक्त भएका प्रशिक्षक क्विक सेटिनका लागि क्लबमा पहिलो असफलता हो।

खेल हारेपनि बार्सिलोना ४३ अङ्कसहित अङ्कतालिकाको शीर्षस्थानमै छ। अर्को प्रतिद्वन्द्वी रियल मड्रिडको पनि ४३ अङ्क नै भएपनि गोलअन्तरका आधारमा बार्सिलोना नै अग्रस्थानमा रहेको हो। पछिल्लो खेलमा बार्सिलोनालाई पराजित गरेको भ्यालेन्सियाले २१ खेलबाट जम्मा ३४ अङ्क बटुल्न सकेको छ।