युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले सन् २०२० को युरोकप फुटबल स्थगित गर्ने तयारी गरेको छ ।
युइएफएले आगामी मंगलबार आपतकालिन बैठक बोलाएर युरोकप स्थगित गर्ने तयारी गरेको हो । ५५ सदस्य राष्ट्रका प्रतिनिधि सम्मलित उक्त बैठकमा युरोकपबारे निर्णय गर्नेछ ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप एक वर्ष पछि सार्ने तयारी गरेको छ ।
यसपटकको युरोकप जुन १२ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो ।