logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्जेन्टिनी फुटबलर डिबालाको चौथो कोरोना परीक्षण पनि पोजेटिभ


अंकुरण खबर
988
Shares

अर्जेन्टिना तथा युभेन्ट्स फुटबल क्लबका स्टार फुटबलर पाउलो डिबालाको चौथो कोरोना परीक्षण पनि पोजेटिभ आएको छ।

गत ६ हप्तायता डिबालाको चारपटक कोरोना भाइरस ‘कोभिड १९’ को परीक्षण भएको छ । जसमा सबैमा उनको परीक्षण पोजेटिभ आएको हो ।

मार्च २१ मा डिबाला र उनका प्रेमिका ओरियाना साबाटिनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। डिबालाले केही दिन अगाडि मात्र आफूहरुमा कोरोना भाइरसको लक्षणहरु नदेखिएको बताएका थिए।

युभेन्ट्सका फुटबलर डेनिली रुघानी र ब्लेसी माटुडीमा कोरोना देखिएपछि क्रिस्टियानो रोनाल्डो र डिबालासहित युभेन्ट्सका सबै खेलाडीमा कोरोना परीक्षण भएको थियो।

मे चारदेखि युभेन्ट्सका खेलाडी अभ्यासमा फर्कँदैछन् यद्यपी डिबाला अझै निको भएका छैनन्। एजेन्सी