logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्पेनिस ला लिगाः सेभिल्लासँग २-० गोल अन्तरले रियल बेटीस पराजित


अंकुरण खबर
1.807K
Shares

कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतका खेलहरु पुनः सुरु भएका छन् ।

गए राति भएको खेलमा सेभिल्लाले रियल बेटीसलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को अन्तरले जित हासिल गरेको हो ।

बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन् ।

जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ । रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ । एजेन्सी