इटलीलाई सन् १९८२ मा विश्व कप जिताएका पाओली रोसीको निधन भएको छ ।
उनको ६४ वर्षको उमेरमा निधन भएको हो । इटालीको टिभी च्यानल राय स्पोर्टसले यसको पुष्टि गरेको छ । रोसीको उत्कृष्ट प्रदर्शनले १९८२ मा इटलीले विश्वकप जितेको थियो ।
स्पेनमा भएको विश्वकपमा इटलीले फाइनलमा वेस्ट जर्मनीलाई पराजित ३१ ले पराजित गरेको थियो । उनले यो टुर्नामेन्टमा ६ गोल गरेर टप स्कोरर बन्दै गोल्डेन बुट र गोल्डेन बल पाएका थिए ।