logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिजनको दोस्रो खेलमा सिटीको सानदार जित, गोलकिपरले गरे आत्मघाती गोल


अंकुरण खबर
1.599K
Shares

प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा पराजित भएको म्यानचेस्टर सिटीले दोस्रो खेलमा सानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० ले हराएको हो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउने क्रममा

४ खेलाडीले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको हो ।

खेलको सातौँ मिनेटमा नर्विच सिटीका गोलपिर टिम क्रुलले आत्मधाती गोल गरेपछि सिटी खेलमा अघि बढेको थियो ।

१५औँ मिनेटमा ज्याक ग्रेलिस, ६४औँ मिनेटमा एम्रिक लापोर्टे, ७१औँ मिनेटमा रहिम स्ट्रर्लिङ र रियाद महरेजले ८४औँ मिनेटमा गोल गरेका हुन् ।

अघिल्लो खेलमा सिटी टोटनह्यामसँग १–०ले पराजित भएको थियो । एजेन्सी