logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

च्याम्पियन लिग फुटबलमा म्यानचेस्टरको खराब सुरुवात


अंकुरण खबर
1.326K
Shares

च्याम्पियन लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले खराब सुरुवात गरेको छ ।

समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलका बाबजुद म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग २–१ ले पारजित भएको हो । १३ औँ मिनेटमा रोनाल्डोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३५ औँ मिनेटमा वान–बिसाका सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफमा पछि परेको योङ ब्वाइजले दोस्रो हाफमा गोल गरेको हो । उसका लागि ६६ औँ मिनेटमा मौमी एनगामालेउ र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा सिएबाट्चुले गोल गरेका हुन् ।