logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अदिल रसिद चम्किँदा इंग्ल्यान्डले वेस्टइन्डिलाई हरायो


अंकुरण खबर
1.092K
Shares

यूएई र ओमानमा संयुक्तमा रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ।

सुपर १२ मा समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले वेस्टइन्डिजमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुआत गरेको हो। अदिल रसिदले घातक बलिङ गरेपछि वेस्टइन्डिजले दिएको ५६ रनको झिनो लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

इग्ल्यान्डका लागि जोस बट्लरले नटआउट २४ रन बनाउँदा जासन रोएले ११ रन बनाए। वेस्टइन्डिजका अकिल होसेनले २ तथा रवि रामपालले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले १४.२ बलमा अलआउट हुँदै ५५ रन मात्र बनाउन सक्यो। टि–२० विश्वकपमा यो तेस्रो कम स्कोर हो।

वेस्टइन्डिजका क्रिस गेलले बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उनले १३ रन बनाएका थिए।

पावर प्लेमा ३१ रन बनाउँदा ४ विकेट गुमाएको वेस्टइन्डिजले अन्तिम ४ विकेट १७ बलमा ११ रन बनाउँदा गुमायो।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा स्पिनर अदिल रसिदले घातक बलिङ गरे। उनले २.२ ओभरमा २ रन मात्र खर्चेर ४ विकेट लिए। यो टि–२० क्रिकेटमा इल्यान्डको उत्कृष्ट बलिङ स्पेल हो। यस्तै, मोइन अली र टाइम मिल्सले पनि समान २ विकेट लिए।