logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोटेनहमविरुद्ध चेल्सीको सहज जित


अंकुरण खबर
1.69K
Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ ।

चेल्सीले घरेलु टोली टोटेनहमविरुद्ध २-० गोल अन्तरको जित हासिल गरेको हो । १० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा दोस्रो गोल गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।