मस्को- रुसकी चर्चित इन्स्टाग्राम टार २४ वर्षकी एकाटेरिना कार्गलानोभको शव उनको मस्कोस्थित घरमा भेटिएको छ ।
रिपोर्टका अनुसार एकाटेरिनासँग केही दिनदेखि सम्पर्क नभएपछि उनका मातापिता उनलाई भेट्न आएका थिए । शव एउटा सुटकेसमा बन्द थियो । लाशको घाँटी रेटिएको पाइएको छ । घटनास्थलबाट कुनै हतियार भने भेटिएन ।
एकाटेरिनाका इन्स्टाग्राममा ८५ हजार फालोअर छन् । उनको तुलना अभिनेत्री आन्ड्रे हेपबर्नसँग गरिन्थ्यो । एकाटेरिनाले हालै मेडिकल स्कुलबाट डर्मेटोलोजीमा ग्रयाजुएशन गरेकी थिइन् । मिडिया रिपोर्टमा उल्लेख भएअनुसार सिसिटिभीमा एकाटेरिनाका पूर्वप्रेमी देखिएका छन् । उनले हालै नयाँ सम्बन्ध सुरु गरेका थिए । एकाटेरिना हराएपछि उनी देखिएका छैनन् ।
इन्स्टाग्रामका अलावा एकाटेरिनाको यात्रा ब्लग पनि निकै लोकप्रिय थियो । मृत्युभन्दा ठिक अगाडि उनले नेदरल्याण्ड भ्रमणको योजना बनाएकी थिइन् । उनी आफ्नो २५ औं जन्मदिन परिवार र ब्वाइफ्रेण्डसँग मनाउन चाहन्थिन् ।