logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु


अंकुरण खबर
1.599K
Shares

एजेन्सी – अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ । राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए । उक्त घटनामा अरु १० जना सख्त घाइते भएका छन् ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।