logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कश्मीरमा तनाव बढ्दो, पूर्व मुख्यमन्त्रीहरु नजरबन्दमा


अंकुरण खबर
1.794K
Shares

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई आज बिहानैदेखि नजरबन्दमा राखिएको छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।

नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो ।

यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ । उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । एजेन्सी-