logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कश्मिरका पूर्वमूख्यमन्त्रीहरू पक्राउ


अंकुरण खबर
1.235K
Shares

एजेन्सी – जम्मूकश्मिरका पूर्वमुख्यमन्त्रीहरु पक्राउ परेका छन् । भारत सरकारले जम्मूकश्मिरमा भारतीय संविधान लागू गरेपछि त्यसको विरोधमा उत्रिएका तीन जना पूर्वमुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन लगायतका नेतालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले गरेपछि हिंसा भड्किन सक्ने भन्दै सुरक्षा सर्तकता बढाइएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल जम्मू कश्मीर पुगेका छन् । लद्दाखलाई अलग गराएर भारतले जम्मूमा भारतको संविधान लागू गरेको छ ।

पाकिस्तानले भने यसको विरोध गर्दै आएको छ। केहिदिन अधि मात्रै २५ हजार सुरक्षाकर्मी जम्मूमा पठाएको भारतले फेरि थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ ।