logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुर्दिस लडाकुको आक्रमणमा २ इराकी सैनिकको मृत्यू


अंकुरण खबर
4.121K
Shares

एजेन्सी – इरानमा भएको पछिल्लो हिंसामा परी कम्तीमा २ सैनिक मारिएका छन् । टर्कीसँग सीमा जोडिएको क्षेत्रमा इरानको रिभल्यूशनरी गार्ड कर्प आईआरजीसी र कुर्दिस लडाकुबीच भएको हिंसामा आईआरजीसीका दुई सैनिक मारिएका हुन् ।

माकु प्रान्तका गर्भनरलाई उद्धृत गर्दै सरकारबाट सञ्चालित टेलिभिजनले घटनाबारे पुष्टि गरेपनि थप विवरण भने खुलाइएको छैन । उक्त क्षेत्रमा कुर्दिस लडाकु समूह पार्टी अफ फ्रि लाइफ अफ कुर्दिस्तान सक्रिय रहँदै आएको छ । छिमेकी मुलुक इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा आधारित उक्त समूहले इरानमा सैनिक निशानामा आक्रमण गर्ने गरेको छ ।

इरानले उक्त समूहको सम्बन्ध टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेसँग रहेको आरोप लगाउँदै आएको छ ।