logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोलीकाण्ड भएको स्थानमा ट्रम्पद्धारा अबलोकन


अंकुरण खबर
2.236K
Shares

२३ साउन, काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार एल पासो र ओहायोको डेटनमा भएको गोलीकाण्डबारे ती क्षेत्रतको अबलोकन गरेका छन् ।

शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली वर्षाउँदा एल पासोमा २२ र डेटनमा ९ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए । । दुवै घटना हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई लक्षित गरेर घटाइएको बीबीसीले जनाएको छ ।

डेटनपछि ट्रम्प सोझै एल पासोतर्फ लागेको बताइएको छ । तर, त्यहाँका हिस्पानिक समुदायले ट्रम्पले गर्न लागेको अवलोकनको विरोध गरेका छन् ।

हिस्पानिक विभेदमा पर्दै आएको अमेरिकी समूदाय हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंमामाथि समेत हिस्पानिकप्रति घृणाभाव फैलाएको आरोप लाग्दै आएको छ । यही कारण गोलीकाण्ड प्रभावित क्षेत्रको अवलोकन गर्न एल पासो जाने ट्रम्पको योजनाको विरोध भएको छ ।

एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डेमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले नै उनीसँग भेट गर्न इन्कार गरेको बीबीसीले जनाएको छ । ट्रम्पको जातीवादी तथा घृणा र द्वेषजनित शब्दले आफ्नो समूदायमाथि पीडा पुगेको भन्दै उनले नभेट्ने घोषणा गरेकी हुन् ।

तर, ट्रम्पले गोलीकाण्ड भएका क्षेत्रको अवलोकन गर्नुअघि गोरा र अरू कुनै प्रकारको सर्वोच्चताको पक्षमा आफू नरहेको प्रष्ट पारेका छन् ।

अनुसन्धान हुँदै

दुवै गोलीकाण्डका घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । यद्यपि, अहिलेसम्म प्रहरीले घटनाबारे ठोस निष्कर्ष निकाल्न सकेको छैन । तर उसले गोली चलाउने व्यक्तिले कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको तथ्य भेटेको जिकर गरेको छ ।

मानसिक रोगका कारण पछिल्ला गोलीकाण्ड भएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छ । बुधबार मात्रै ट्रम्पले बिरामी मान्छेहरूका हातमा बन्दुक देख्न नसक्ने बताएका थिए । यद्यपि, यसमा स्वास्थ्यकर्मीहरू असहमत देखिएका छन् । पछिल्ला गोलीकाण्डमा ट्रम्पले दाबी गरेजस्तो मानसिक रोग जिम्मेवार नरहेको स्वास्थ्यकर्मीहरूको मत छ ।