logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२२१ जना केटासँग प्रेम असफल पछि कुकुरसँग बिहे गर्ने मोडल


अंकुरण खबर
4.953K
Shares

काठमाडौं – बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् । इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी ४९ बर्षकी छिन् ।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो । उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ-केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन् । एजेन्सी-