logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रातदिन मिसकल गरेपछि युवतीले भेट्न बोलाइन् एकान्तमा, युवक भेट्न पुग्दा जे भयो त्यसपछि…


अंकुरण खबर
1.183K
Shares

प्रविधिका कारण आधुनिक समाज सजिलो त भयो, यसका असरका अनेक रुप देखिँदै गरेका छन् । संचारले जीवन सहज बनाउन भनी मोबाइल बन्यो । अचेल कतिपय ठाउँमा यसलाई दुरुपयोग गर्दा ठूलो नोक्सान ब्यहोर्नु परेको देखिन्छ ।

भारतको राजस्थानस्थित एक गाउँ अनुपगढमा हालैको एक घटना हेर्दा यस्तै देखिन्छ । एक युवकले मोबाइलको दुरुपयोग गर्दा त्यसको नोक्सान उनले ब्यहोर्नुपर्यो । त्यसो त गाउँलेहरु पनि सचेत हुन नसक्दा कतिसम्म क्रुर बन्न सक्ने रहेछन् भन्ने उदाहरण देखिएको छ ।

अघिल्लो हप्ताको घटना हो । यहाँ एक युवकले छिमेकी केटीलाई बारम्बार ‘मिसकल’ गरिरहे । केटीलाई झर्को नै लाग्ने गरी ती युवकले रात दिन मिसकल गरेर दुख दिन्थे । एक दिन ती युवतीले फोन गरेरै भेट्न बोलाइन् । भोलिपल्ट युवक उनलाई भेट्न पुर्व निर्धारित ठाउँ पुगे । तर युवती त्यहाँ एक्लै आएकी थिइनन् । उनको साथमा गाउँले पूरै थिए । घटना खासै ठूलो नभए पनि गाउँलेले युवतीलाई मिसकल गरेको कुरालाई निकै ठूलो र संवेदनशील बनाए ।

फलस्वरुप ती युवकले अपराध नै गरे झैँ उनलाई रुखमा बाँधियो र गाउँले मिलेर कुट्न थाले । पालैपालो गाउँलेले उनलाई लौरोले हिर्काउन थाले । युवकको त्रुटीलाई ठूलो विषय बनाएर निर्घात कुटपिट गरेको यही भिडियो अहिले सामाजिक संजालमा भाइरल बनाइएको छ ।

भारतीय मिडिया दैनिकभास्करले भिडियो रिपोर्ट नै बनाएपछि उक्त भिडियोले बढी चर्चा पाएको हो । घटनापछि भने युवकले आफू पीडित भएको भन्दै प्रहरीकहाँ युवतीसहित गाउँलेलाई उजुरी नै दिएका छन् । एजेन्सी