logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश


अंकुरण खबर
1.508K
Shares

भारत९पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ। लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी९अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।

गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन् – “जय हिन्द, त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो। गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन्। त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तानी९अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन्। ‘तपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रूपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ, ‘आयेशा मलिकले भनिन्।

उनले पछि एउटा भिडिओ ट्विटरमा पनि राखिन्।

उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन्, ‘तपाईँ ९राष्ट्रसङ्घीय बालकोष० युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ। यसमा कसैको जित हुँदैन।’ मलिकले अझै बोलिरहने देखिएपछि उनको माइक खोसिएको थियो। त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन्। उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन्।

भारत(प्रशासित कश्मीरमा ४० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको आक्रमणको जिम्मेवारी पाकिस्ताबाट सञ्चालन भएको मानिने एउटा आतङ्कवादी समूहले लिएपछि भारत र पाकिस्तानबीचको तनाव चरमोत्कर्षमा पुगेको थियो। त्यसपछि भारतले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन्। एजेन्सी-