logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेट बल लागेर अम्पायरको मृत्यु


अंकुरण खबर
2.119K
Shares

वेल्सको एक क्रिकेट प्रतियोगितामा क्रिकेट बलले लागेर अम्पायरको मृत्यु भएको छ । वेल्समा आयोजित एक प्रतियोगिताको दौरान बलले लागेर घाइते भएका अम्पायर जोन विलियम्सको मृत्यु भएको बीबीसीले जनाएको छ ।

क्रिकेट बलले टाउकोमा लागेर घाइते भएको दुई सातापछि अम्पायर विलियम्सको मृत्यु भएको हो । ८० वर्षे विलियम्स गत जुलाई १३ मा आयोजित प्रतियोगितामा घाइते भएका थिए ।

काउन्टी डिभिजन २ का दुई क्लब पेमब्रोक र नार्बेथबीचको खेलमा उनी घाइते भएका हुन् । बलले टाउको लागेर घाइते भएपछि उनलाई तत्काल वेल्सको युनिभर्सिटी अस्पताल लगिएको थियो । एजेन्सी