logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाढीमा एम्बुलेन्सलाई बाटो देखाउने १२ वर्षीय बालक


अंकुरण खबर
1.729K
Shares

भारतको कर्नाटक राज्यका १२ वर्षीय एक बालकको भिडियो भाइरल भएपछि उनको निकै तारिफ भैरहेको छ ।

देवदुर्ग तालुका हीरेरायनकुम्पी गाउँका वेंकटेश नाम गरेका ती बालकले बाढी आएका बेला बीच पुलबाट एम्बुलेन्सलाई बाटो कटाउन सहयोग गरेपछि उनको हौसला र बहादुरीलाई लिएर चौतर्फी चर्चा भैरहेको छ ।

ती बालकले आफ्नो ज्यानको कुनै चिन्ता नगरी एम्बुलेन्सलाई बाटो देखाएका थिए । एम्बुलेन्समा ६ जना बालबालिकासहित एक जना महिलाको शव थियो ।

भिडियो भाइरल भएपछि ती बालकलाई ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा सहायक कलेक्टरले सम्मान पनि गरेका थिए । एजेन्सी