logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन


अंकुरण खबर
871
Shares

भारतको बिहारका ८२ वर्षीय पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको आज निधन भएको छ ।

पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए ।

उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।