logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाओसमा पर्यटक बस दुर्घटना, १३ चिनियाँ पर्यटकको मृत्यु


अंकुरण खबर
845
Shares

बैंकक – लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् ।

उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै हराइरहेको जानकारी दिए । उनले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो ।