logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति अन्तर्रा्ष्ट्रिय समुदाय चिन्तित


अंकुरण खबर
949
Shares

ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुको चिन्ता छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्रा्ष्ट्रिय संकट निम्त्याएको बताएका छन् । तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

भू–उपग्रहरुबाट प्राप्त तस्वीर र तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अमेजन जंगलमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको छ । बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फँडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ । एजेन्सी