logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आमिर खानको छोरी बलिउडमा डेब्यु गदै


अंकुरण खबर
1.937K
Shares

मुम्बइ – अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै यूरिपाइड्स मेडिया नामक प्लेको निर्देशन गर्ने भएकी छन् । आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा छोरी निर्देशकको रुपमा आउँन लागेको बताएका छन् ।

इरा खानका झुकाव निर्देशनतर्फ बढी छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् । अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

यसबारेमा तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘थिएटर प्रोडक्सनसँग आमिर खानकी छोरी इरा खान निर्देशक बन्न जाँदैछिन् । उक्त नाटकको नाम यूरिपाइड्स मेडिया हुनेछ । यो भारतका केही सीमित शहरहरुमा मात्र प्रदर्शन हुनेछ । यो नाटकको अभ्यास चाँडै नै प्रारम्भ हुनेछ । यो नाटकको प्रिमियर डिसेम्बर २०१९ मा हुनेछ ।